काठमाडौं। मोबाइल फोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले बेलायतको राजधानी लन्डनमा ‘ग्यालेक्सी अनप्याक्ड २०२५’ नाम दिएर लाइभ होलोग्राम शोकेस गरेको छ ।
मोबाइल एआईको अर्को युग सुरु भएको र विश्वलाई यसको अनुभव दिलाउन सामसङले लन्डनमा होलोग्राम र आवाजसहित शोकेस आयोजना गरेको हो । शोकेस अवलोकन गर्न हजारौं दर्शक उपस्थित थिए ।
होलोग्राम प्रोजेक्सनमा ग्यालेक्सी एआईबाट प्रयोगकर्ताले अपेक्षा गरेको मोबाइल अनुभवदेखि ग्यालेक्सी एस सिरिजका नयाँ फिचर १ सय फिटमाथि आकाशमा ६५ फिट बाई ५० आकारमा देखाइएको थियो ।
सामसङका प्रयोगकर्ताले यो शोकेस ९ माघदेखि सामसङको आधिकारिक वेबसाइट वा सामसङ नेपालको आधिकारिक फेसबुक पेजमा हेर्न सक्नेछन् ।
सामसङ नेपालले शोकेसबारे जानकारी दिन ३० जनवरीमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।