काठमाडौं । काठमाडौंको सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-१५ सानोभर्याङमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा आज राति ९ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ।
अहिले बौद्ध, बालाजु र जनसेवाका तीन वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन।